लुम्बिनी

रूपन्देही २ मा लौरो अभियानकाे समर्थन सत्ता गठबन्धनका उम्मेदवारलाई

इकागज |
कात्तिक ३०, २०७९ बुधबार १८:२ बजे

बुटवल । रूपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ। सो पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू प्रतिनिधि सभा सदस्यका उम्मेदवार केशवबहादुर थापा, प्रदेश सभा सदस्यका उम्मेद्वार दीर्घबहादुर केसी कुमार र वामदेव क्षेत्रीलाई रहने बताए।

उनले रूपन्देही २ मा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ घर चिन्हमा, २ काे क तर्फ रूख चिह्नमा र २ काे ख तर्फ हँसिया हथौडामा भोट दिने र अभियानको पूर्ण समर्थन रहेको बताए। 'एमालेका उम्मेदवार विष्णु पौडेलले हाम्रा उम्मेदवार निकोलस (कमल) भुसालको राजनीतिक भ्रुण हत्या गरे, निकोलस भुसाललाई न्याय दिन पनि विष्णु पौडेललाई हराउनुपर्छ, उनले भने, ‘युवाहरू एकजुट भएर रूपन्देही २ मा गठबन्धनका साथमा छन्, प्रतिगमनकारी विष्णु पौडेललाई रूपन्देहीबाट हराउनुपर्छ र अग्रगमनलाई विजयी बनाउनुपर्छ।’


रूपन्देही २ मा उम्मेदवारी दिएका निकोलस भुसालको उम्मेदवारी राज्यको सुविधा लिएको भन्दै उजुरी परेपछि निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेजपछि भुसाल सर्वोच्च अदालत गए पनि अदालतले निर्वाचन कार्यालयको निर्णय सदर गरेको थियो।


Author

थप समाचार
x