लुम्बिनी

बाँकेमा थप तीन कोभिड-१९ संक्रमितको मृत्यु

इकागज |
बैशाख १०, २०७८ शुक्रबार ११:२९ बजे

बुटवल  : बाँकेमा थप ३ जनाको कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । बाँकमा उपचाररत एक जना जिल्ला बाहिरका र २ जना जिल्ला भित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

२ जनाको बिहीबार राति र १ जनाको शुक्रबार बिहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले बताए । ओलीकाअनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बनगाड ३ सल्ल्यानका ५६ वर्षीय पुरुष, जानकी १ की ७१ वर्षीया महिला  र बैजनाथ ६ का २८ वर्षीय पुरुषको कारण मृत्यु भएको हो । मृतकहरूको शव ब्यवस्थापन परिवारका सदस्यहरूको समन्वयमा नेपाली सेनाले गर्ने ओलीले बताए ।



Author

थप समाचार
x