छतबाट खसेर नाबालकको मृत्यु
सांकेतिक तस्बिर
कपिलवस्तु : घरको छतबाट खसेर आइतबार १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका-५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाका छोरा अभिषेक विक आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।
बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको भण्डारीले बताए । शवपरीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया