लुम्बिनी

दाङमा ९ दिन लकडाउन घोषणा

इकागज |
बैशाख १४, २०७८ मंगलबार १६:३४ बजे

दाङ : दाङमा लकडाउनको घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा बसेको सरोकारवालाहरूको बैठकले दाङमा ९ दिन लकडाउन गर्ने निर्णय गरेको हो । 

बैठकले बैशाख १७ गते बिहान छ बजेदेखि २५ गते बेलुकी छ बजेसम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको हो । खाद्यन्न पसल भने दैनिक बिहान ६ देखि ८ बजे सम्म खुल्नेछ । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाइएको छ ।


यस्तैगरी बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीलाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय वेडको बनाउने निर्णय गरेको छ । यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आईसोलेसन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय भएको छ ।


Author

थप समाचार
x