लुम्बिनी

कांग्रेस लुम्बिनीको ठहर : अहिलेको परिस्थिति आउनुमा नेतृत्वको कमजोरी

इकागज |
पुस ११, २०७९ सोमबार १८:५६ बजे

 बुटवल- नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ l

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको सभापतित्वमा तामनगर बुटवलमा बसेको बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गहन छलफल गरेको छ l कांग्रेस नेतृत्वको अदुरदर्शिताका कारण पार्टी राष्ट्रको बगदौर समाल्ने अवसरबाट वञ्चित भएको कांग्रेस लुम्बिनीको ठहर छ l


प्रदेश सभापति पुनले जनताको दिएको म्यान्डेट र भावना बमोजिम अहिले नेतृत्व चल्न नसकेको बताए l उनले अहिलेको सरकार जनादेश विपरीत बनेको र यसले नागरिकको आकांक्षा पूरा गर्न नसक्ने पनि दाबी गरेका छन् l बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरि महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ l

प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णुकुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ l

संसदीय दलको निर्वाचन शपथ ग्रहण लगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ l


Author

थप समाचार
x