लुम्बिनी प्रदेश सभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ- लुम्बिनी प्रदेश सभा नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनियताको शपथग्रहण लिएका छन् ।
आइतबार प्रदेशको स्थायी राजधानी दाङको देउखुरीस्थीत प्रदेश सभा हलमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् ।
लुम्बिनी प्रदेशमा ८७ प्रदेश सभा सदस्य छन् । जसमध्ये ५२ प्रत्यक्ष र ३५ जना समानुपातिकतर्फ निर्वाचित भएका हुन् । नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का ९ सदस्य रहेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन तथा राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक/एक प्रदेशसभा सदस्य छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया