लुम्बिनी

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसन आज, डिल्लीराज भुसालले अध्यक्षता गर्ने

इकागज |
पुस १८, २०७९ सोमबार १०:१० बजे

बुटवल - लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसन आज बस्दै छ । हिजो प्रदेश सभा सदस्यहरूले सपथ लिएसँगै आज पहिलो बैठक बस्न लागेको हो । सभामुख चयन नभएकोले प्रदेश सभा पहिलो अधिवेसनको अध्यक्षता ६९ वर्षीय डिल्लीराज भुसालले गर्ने भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले जेष्ठताको आधारमा गुल्मी प्रदेश सभा २(१)बाट निर्वाचित भुसालाई सभामुख र उपसभामुख चयन नभए सम्मको लागि अधिवेसन तथा बैठकको अध्यक्षता गर्न जिम्मेवारी प्रदान गरेका हुन् ।


बुबा चिन्तामणि भुसाल र आमा निमकला भुसालको कोखबाट २०१० साल जेठ ७ मा अर्घाखाँची जिल्लाकाे साविक मरेङ गाविस ६ हाल मालारानि १ भुसालको जन्म भएको थियो । रेसुङ्गा नगरपालिका बडा नं. ०१ नयाँबजार तम्घास निवासी भुसाल नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

रेसुङ्गा नगरपालिका गुल्मीको संस्थापक प्रमुख समेत रहेका भुसाल हाल एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य छन् । २०३८ सालमा माले पार्टीसँग आबद्ध भई लामो समयसम्म एमालेको गुल्मी जिल्ला कमिटी सदस्य, रेसुङ्गा नगरपालिका पाटी ईन्चार्ज, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी निभाई सकेका छन् ।

उनै भुसाललाई लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसनको अध्यक्षता गर्ने अवसर प्राप्त भएको हो । ‘प्रदेश सभाको गरिमा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणनै अहिलेको आवश्यकता हो’ भुसालले भने,‘मैले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने छु । प्रदेश सभाले जनभावना अनुसार काम गर्नेगरी मेरो भूमिका हुनेछन् ।’


Author

थप समाचार
x