लुम्बिनी

खुर्साने बस दुर्घटना : मृतक सबै एउटै गाउँका

इकागज |
पुस २२, २०७९ शुक्रबार ७:५ बजे

बुटवल- पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ खुर्सानेमा बुधबार राति यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्ने सो सडकमा बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसक्दा यात्रुको ज्यान गएको बताइएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा पाल्पा रैनादेवी-८ खुर्सानेकी ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सरुमाया घिमिरे, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गिरिकुमारी गाहा, २१ वर्षीया सामकुमारी खत्री र १९ वर्षीया बिना पाण्डे रहेका छन् । मृतक सबै एकै गाउँका हुन् ।


प्रहरीका अनुसार घाइते भेटिएका १५ जना मध्ये पनि १३ जना महिला र ४ जना पुरुष रहेका छन् । प्रहरीलाई राति १० बजेतिर दुर्घटनामा परेका घाइतेले नै फोन गरेर घटनाबारे जानकारी गराएका थिए । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको राजमार्ग सुरक्षा ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

र, यो पनि


Author

थप समाचार
x