लुम्बिनीले पनि आज मुख्यमन्त्री पाउँदै, सत्तागठबन्धनले दाबी पेश गर्दै
बुटवल- लुम्बिनी प्रदेश सरकारमा दावी पेस गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दावी पेस गर्न दिएको समयसीमा आज ४बजे सकिँदै छ ।
मंगलबार नै सरकारमा दावी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुगेपछि सत्ता गठबन्धनले दावी पेस गर्न सकेनन् । माओवादीले आधा कार्यकाल मुख्यमन्त्री पाउने सहमती केन्द्रमा भएसँगै आज सरकारको दावी गर्ने तयारी छ।
एमाले नेता भूमिश्वर ढकालका अनुसार विभिन्न दलका सांसदहरू बाहिर रहेकाले हस्ताक्षर रोकिँदा मंगलबार तय गरिएको मुख्यमन्त्रीमा दावी गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।
प्रदेशको नेतृत्व पूरा कार्यकाल नेकपा (एमाले)लाई दिने निर्णय गरेपछि नेकपा (माओवादी केन्द्र)मा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महरा सरकारको नेतृत्व आधा–आधा कार्यकालको हुनुपर्ने मागसहित काठमाडौँमा छन् । तर, ढकालले माओवादीको आन्तरिक असन्तुष्टिको विषय समाधान भएसँगै आज मध्याह्न १२ बजेतिर मुख्यमन्त्रीमा दावी गर्ने तयारी गरिएको बताए । सत्ता गठबन्धनमा आबद्ध दलको बैठकले मंगलबार नै बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेस गर्ने निर्णय गरेको थियो ।
नागरिक उन्मुक्ति पार्टी बाहेकका सत्ता गठबन्धनमा आवद्ध दलहरूको बैठकले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गर्ने निर्णय गरेका थिए । लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३-३ सिट छन् ।
नागरिक उन्मुक्तिसँग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य छन् । ती दलहरुले सरकार गठन बारे कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया