लुम्बिनीमा सभामुख निर्विरोध, उपसभामुखमा उम्मेदवारी दिएका तीन जना काे-काे हुन् ?
बुटवल । लुम्बिनी प्रदेशको उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सभामुखमा भने नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध भएका छन् ।
उपसभामुखमा तीन जनाको उम्मेदवारी परेको छ । सभामुखमा घर्तीको मात्रै उम्मेदवारी र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको हो। सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएपछि नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ ।
नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ । सत्तारुढ दलबाट उपसभामुखमा राप्राकी मेनुका खाण केसीको मनोनयन दर्ता भएको छ । सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको उम्मेदवारी परेको छ ।
कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन । कांग्रेसका विश्वप्रेम पाठकको प्रस्तावकमा प्रदेश सभा सदस्य वसीउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन् । यस्तै उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ । प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् । यसले सत्तारुढ दलबाट नागरिक उन्मुक्ति बाहिरिएको संकेत गरेकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया