लुम्बिनी

बुटवलमा दुई संक्रमितको मृत्यु

इकागज |
बैशाख १८, २०७८ शनिबार १४:२१ बजे

बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा थप २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । उपचाररत नवलपरासी र रुपन्देहीका २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताए ।

नवलपरासी रामग्रामकी ४५ वर्षीया महिलाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देही शुद्धोधन-५ का ५५ वर्षीय पुरुषको आज बिहान ५:४५ बजे मृत्यु भएको हो । रामग्राम १० की महिला संक्रमण पुष्टि भएपछि हिजो मात्र अस्पताल भर्ना भएकी थिइन् भने शुद्धोधनका पुरुषको १३ गते संक्रमण पुष्टि भए पनि १६ गते अस्पताल भर्ना भएका थिए ।


दुवैमा श्वासप्रश्वासमा समस्या देखिएको डा. गौतमले बताए। योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ। रुपन्देहीमा सक्रीय संक्रमितको संख्या ३ हजार नजिक पुगेको छ।


Author

थप समाचार
x