कोभिड-१९ संक्रमितले गरे आत्महत्या
बुटवल : रुपन्देहीको सैनामैनास्थित कोभिड-१९ अस्पतालमा एक एक संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा संक्रमित युवकले शनिबार बिहान २ बजे आत्महत्या गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले जानकारी दिए ।
सैनामैना–१ बनकट्टा बस्ने ४० वर्षे पुरुषलाई शौचालयमा झुडिएको अवस्थामा फेला पारेको पन्थीले बताए । उनमा यही वैशाख १६ गते कोरोना पोजेटिभ देखिएको थियो । आत्महत्याको कारण भने नखुलेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया