लुम्बिनी प्रदेशसभाको बैठक केही समयका लागि स्थगित
फाइल फोटो
देउखुरी - लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा दलहरुबीच सहमति जुटन नसक्दा केही समय बसेर स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेशसभामा संसदीय दलका नेता धर्मबहादुर चौधरीले विशेष समय लिएर बोलेका थिए ।
उनले सरकारले आफ्नो पार्टीले उठाउँदै आएको मागमा गम्भीरता नदेखाएको गुनासो गरे । उनले नागरिक उन्मुक्ति पार्टीले उठाएका मुद्दामध्ये टीकापुर घटना राजनीतिक विषय भन्नेमा निर्वाचनबाट जनताले अनुमोदन गरेको बताए । प्रदेशसभाको विशेष समयमा बोल्दै उनले प्रदेशसभाको बैठक स्थगित गरी सहमति खोज्न आग्रह गरे ।
त्यसपछि प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरेका छन् । आजको बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने कार्यसूची छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया