लुम्बिनी

३७ सांसदको मात्रै समर्थन भएका मुख्यमन्त्री अस्वीकार : विपक्षी चार दल

बिक्रम खड्का |
बैशाख २०, २०७८ सोमबार ११:२ बजे

बुटवल : लुम्बिनी प्रदेशमा अल्पमतको मुख्यमन्त्री स्वीकार नगर्ने विपक्षी चार दलले बताएका छन् । सोमबार चार दलले संयुक्त पत्रकार सम्मेलन गर्दै  उनीहरूले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताउँदै केन्द्रको निर्देशन अनुसार थप राजनीतिक कदम चाल्ने बताएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार बुटवलमा  पत्रकार सम्मेलन गरेका हुन् । अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै उनीहरूले कानूनी र राजनीतिक लडाईं लड्ने बताए ।

बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या भएको उनीहरूको ठहर छ । नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अधिनायकवादी नमूना लुम्बिनी प्रदेशमा शंकर पोखरेलले देखाएको बताए ।


'यसविरुद्ध कानूनी र राजनीतिक लडाईं शुरु गर्दछौँ । मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रवीन्द्र धानुकले बल प्रयोग र महिला हिँसा गरेकाले उनलाई निलम्बन गर्न उनले माग गरे । डीआईजी धानुक आफैं प्रत्यक्ष संलग्‍न भएर महिलालाई हातपात र दुर्व्यवहार गरेकाले निलम्बन गर्नुपर्ने विपक्षीको माग छ । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x