राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका दशौदी निर्वाचित
फाइल फोटो
देउखुरी - लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दशौदी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका दशौदीले चार हजार २६ मतभार पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले तीन हजार सात सय २० मतभार प्राप्त गरेका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मतभार प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
निर्वाचनमा तीन सय पाँच मतदातामध्ये तीन सय चार मत खसेको थियो । एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सिटमा उपनिर्वाचन भएको हो ।
रुपन्देहीको मर्मवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह भारतमा रहेकाले मतदानमा सहभागी नभएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ दुई सय १८ मध्ये दुई सय १७ मत खसेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया