लुम्बिनी

लुम्‍बिनीमा थप दुई मन्त्रीको शपथ

इकागज |
बैशाख २०, २०७८ सोमबार १८:४१ बजे

बुटवल : लुम्‍बिनी प्रदेश सदस्यबाट पदमुक्‍त भएका जनता समाजवादी पार्टी थप दुई मन्त्रीको सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  कल्पना पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्रीका रूपमा शपथ ग्रहण गरेकी छन् भने सुमन शर्मा रायमाझीले भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा सपथ ग्रहण गरिन् । मन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेलले शपथ गराए ।

वैशाख ६ गते विस्तार गरिएको मन्त्रिमण्डलमा उनीहरू दुवैजना मन्त्री भएका थिए । आइतबार शपथ गरेका दुईसहित जसपाका ४ वटै मन्त्री प्रदेशसभाबाट निलम्बित भएका छन् । संसदीय दलको विधि र नियम विपरीत गएको भन्दै पार्टीको उपेन्द्र यादव पक्षले पार्टी सदस्य नरहेको र प्रदेशसभाबाट निष्कासित गरेको पत्र पठाएपछि प्रदेश सभाले उनीहरू सदस्य नरहेको सूचना जारी गरेको थियो । मुख्यमन्त्री शंकर पोखरेलको ७ सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित एमालेका ३ जना छन् । जसपामा राज्यमन्त्रीसहित ४ जना पुगेका छन् ।



Author

थप समाचार
x