लुम्बिनी

मन्त्रालय छनोटमा असन्तुष्ट भएपछि लुम्बिनीका मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

इकागज |
माघ २८, २०७९ शनिबार १६:३३ बजे

फाइल फोटो

देउखुरी - लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएका छन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन् । 

गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् । 


मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनको निजी सचिवालले जनाएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट विनाविभागीयमन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । 

उनले भने, 'मन्त्री केसीको राजीनामा उहाँको पार्टीभित्रको समस्या होला, सरकारसँगको असहमतिबाट होइन ।'
    
मुख्यमन्त्री गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यही माघ ५ गते प्रदेशसभामा  विश्वासको मत पाएका थिए । 


Author

थप समाचार
x