लुम्बिनी

लुम्बिनी सरकारमा जसपा सहभागी, अहिर बने मन्त्री

इकागज |
फागुन ७, २०७९ आइतबार २२:२१ बजे

फाइल फोटो

दाङ - लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) सहभागी भएको छ । मुख्यमन्त्री लिला गिरीले जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका छन् । मन्त्री अहिरले भोलि ११ बजे प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पद तथा गोपनीयताको सपथ लिनेछन् ।


यसअघि सो मन्त्रालयको जिम्मेवारी एमालेका तुलसीराम शर्माले पाएका थिए । उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी दिइएको छ । लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् ।



Author

थप समाचार
x