लुम्बिनी

लुम्बिनीका नवनियुक्त मन्त्रीको शपथ आज

इकागज |
फागुन ८, २०७९ सोमबार ८:५० बजे

काठमाडौँ - लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले आज शपथ ग्रहण गर्ने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले उनको शपथ दिउँसो दिलाउने गरी तयारी छ ।

जसपा नेपालको दलका नेतासमेत रहेका अहिर आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका थिए ।


यसअघि सो मन्त्रालयको जिम्मेवारी एमालेका तुलसीराम शर्माले पाएका थिए । उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी दिइएको छ । लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् ।

 


Author

थप समाचार
x