लुम्बिनी

एक महिना पछि लुम्बिनीको प्रदेशसभा बैठक आव्हान

इकागज |
फागुन १४, २०७९ आइतबार १५:१८ बजे

फाइल फोटो

दाङ -  लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक आगामी बुधबार दिउँसो १ बस्ने गरी तय भएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उप-नियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयको भनाई छ । यसअघि माघ २० बैठक गते बसेको थियो । आगामी बैठक झन्डै एक महिना पछि बस्न थालेको हो । 



Author

थप समाचार
x