लुम्बिनी

बुटवलमा थप ३ संक्रमितको मृत्यु

इकागज |
बैशाख २४, २०७८ शुक्रबार ११:२१ बजे

फाइल तस्‍बिर

बुटवल : रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मध्यरातति मृत्यु हुनेमा १ जना कोरोना विशेष अस्पतालको आईसीयूमा र २ जना प्रादेशिक अस्पतालको इमर्जेन्सीमा मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार बुटवल तामनगरका ६५ वर्षीय पुरुषको रातति १ बजे मृत्यु भएको हो । उनी बैशाख २० गते देखि कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचाररत थिए । त्यसैगरी बैशाख २२ गते अस्पतालको इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा १ का ४३ वर्षीय पुरुषको राति २ः२१ मा मृत्यु भएको छ भने बैशाख १९ देखि अस्पतालको इमरर्जेन्सीमा उपचाररत तिलोत्तमा १ की ६५ वर्षीय अर्की महिलाको बिहान ५ बजे मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । मृत्युभएका तिनजनासँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।



Author

थप समाचार
x