लुम्बिनी प्रदेश सरकारबाट बाहिरियाे माओवादी
बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।
आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको माओवादी संसदीय दलका नेता जोगबहादुर महराले जानकारी दिए ।
लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । उनीहरुको राजीनामा र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया