लुम्बिनी

बुटवलमा थप दुई संक्रमित पुरुषको मृत्यु

इकागज |
बैशाख २७, २०७८ सोमबार ११:४५ बजे

बुटवल : रुपन्देहीको बुटवलस्थित कोभिड विशेष अस्पतालमा आज विहान थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल ७ का ४५ वर्षीय पुरुष र तिलोत्तमा १ का ६४ वर्षीय पुरुष रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार वैशाख २४ गते भर्ना भएका बुटवल ७ का पुरुषको सोमबार बिहान ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो भने १७ गते भर्ना भएका तिलोत्तमा १ का पुरुषको ८ बजेर ४२ मिनेटमा मृत्यु भएको हो ।



 


Author

थप समाचार
x