लुम्बिनी

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाएनन् विश्वासको मत

इकागज |
बैशाख ११, २०८० सोमबार १२:५७ बजे

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत गुमाएका छन् । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन दिए । एक जना स्वतन्त्रसहित सत्तारूढ दलका ५३ जना सांसदले गिरीको विपक्षमा मतदान गरेका हुन् ।

एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिने प्रयास गरे थिए । 


सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । सोही बाध्यात्मक व्यवस्थाअनुसार मुख्यमन्त्री गिरिले विश्वासको मत लिएका हुन् ।

चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अन्य ८ दलका ५३ सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । एमालेले भने विश्वासको मत नपाए ठूलो दलको हिसाबले पुन सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ ।


Author

थप समाचार
x