लुम्बिनी

लुम्बिनीमा सरकार गठनका लागि आह्वान

इकागज |
बैशाख १२, २०८० मंगलबार १९:५० बजे

बुटवल- लुम्बिनी प्रदेशमा संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको आह्वान भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधान कानुन र कतिपय विगतका नजिरहरूका आधारमा संविधानको धारा १६८ को २ अनुसार नै सरकार गठनको आह्वान गरेको बताएका छन् ।


सोमबार नेकपा एमालेले धारा ३ र विपक्षी ८ दलले धारा २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि शेरचनले महान्यायाधिवक्ता कार्यालयमा लिखित राय मागेका थिए । तर, प्रदेश प्रमुख कार्यालयले मंगलबार धारा २ अनुसार सरकार गठनको आह्वान  गरेको विज्ञप्तिमा उल्लेख छ ।

धारा २ वा ३ प्रयोग गर्ने विषयमा अन्योलमा परिरहेका बेला गण्डकीमा धारा २ प्रयोग भएपछि लुम्बिनीका प्रदेश प्रमुखलाई सहज भएको हो । सरकार गठनको आह्वानसँगै लुम्बिनीमा कांग्रेस नेतृत्वको गठबन्धनले सरकार गठन गर्ने निश्चित भएको छ ।

गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

विज्ञप्ति


Author

थप समाचार
x