लुम्बिनी

लुम्बिनीका मुख्यमन्त्रीको आज सपथ ग्रहण, मन्त्रीहरूको अझै छैन टुंगो

इकागज |
बैशाख १५, २०८० शुक्रबार ८:८ बजे

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिँदैछन् ।

नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा अपरान्ह १ बजे पद तथा गोपनियताका सपथ हुनेछ ।


नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरूले सपथ लिन्छन् कि लिन्नन भन्ने अझै टुंगो भने लागेको छैन् ।

यद्धपी मुख्यमन्त्री गिरीले मन्त्रीहरूका आंकक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरूसँग भने छलफल गरिरहेका छन् । 


Author

थप समाचार
x