लुम्बिनी

मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन बसेको लुम्बिनी प्रदेशको बैठक स्थगित

इकागज |
बैशाख १९, २०८० मंगलबार १३:७ बजे

फाइल फोटो

दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिन बसेको बैठक आधा घन्टाका लागि स्थगित भएको छ । 

लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्ति भएको जानकारी प्रदेशसभा बैठकलाई नगराइ विश्वासको मत लिन खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाए पछि बैठक आधा घन्टाका लागि स्थगित हुन पुगेको हो ।


बैठक मंगलबार बिहान ११ बजेदेखि सुरु भएको थियो ।  प्रतिपक्ष दल एमाले र राप्रपाले आपत्ति जनाए पछि सभामुख तुलाराम घर्तीले आधा घन्टाका लागि स्थगित गरेका हुन । 


Author

थप समाचार
x