लुम्बिनी

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

इकागज |
बैशाख १९, २०८० मंगलबार १३:४९ बजे

बुटवल- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत पाएका छन् । उनले प्रदेशको आजको बैठकबाट वहुमत सदस्यको मत पाएका हुन् । संसद्‌ सचिवालयका अनुसार मुख्यमन्त्री चौधरीको पक्षमा ५३ मत परेको छ । विपक्षमा २९ मत मात्र परेको छ । सो मत नेकपा एमालेको हो । राप्रपा भने तथष्ट बसेको छ । 

मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत मागेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ । विश्वासको मत पाएसँगै सरकारलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री रहेका छन् ।

अहिलेका मन्त्रीको जिम्मेवारी तोकिएको छैन । विश्वासको मत पाएलगत्तै मन्त्रीहरूको जिम्मेवारीसमेत तोकिने बताइएको छ ।

नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन् ।


Author

थप समाचार
x