लुम्बिनी

इमरजेन्सीमा बेड कुर्दाकुर्दै एकै रातमा ५ जनाले गुमाए ज्यान

इकागज |
बैशाख २९, २०७८ बुधबार १०:४१ बजे

बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज पनि आईसीयु र एचडीयू बेड कुर्दाकुदै ५ जनाको मृत्यु भएको छ । आज रातभरमा ६ जनाको मृत्यु भएकोमा ५ जना अस्पतालको इमरजेन्सी वार्डमा बसेर आईसीयू र एचडीयू बेड कुर्दाकुर्दै मृत्यु भएको हो । एकजनाको भने प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पुर्‍याएलगत्तै मृत्यु भएको थियो ।

मृत्यु हुनेहरुमा मंगलबार इमरजेन्सीमा आएका तानसेन १४ का ३८ वर्षीय पुरुष रहेका छन् उनको मंगरबार राति ११ बजे मृत्यु भएको थियो । त्यस्तै सैनामैना ७ रुपन्देहीका ३५ वर्षीय पुरुषको मंगलबार साँझ ६:३५ बजे, बैशाख २६ गते देखि इमरजेन्सीमा रहेका बुटवल ११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५:३३ बजे मृत्यु भएको थियो ।


मंगलबार नै लुम्बिनी प्रादेशि अस्पतालको इमरजेन्सीमा पुगेकी तिलोत्तमा ६ की ७० वर्षीया महिलाको आज बिहान ७:५२ मा मृत्यु भएको र बैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि आज बिहान ५:५२ बजे मृत्यु भएका अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

मंगलबार नै सिकिस्त अवस्थामा इमरजेन्सीमा ल्याइएका बुटवल ६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पुर्‍याए लगत्तै मंगरबार राती ७ बजे मृत्यु भएको उनले बताए ।

डा. गौतमका अनुसार मृतकहरु मध्य ५ जनाले कोरोना विशेष अस्पतालमा आईसीयू र एडीयू बेड कुरेर इमरजेन्सी वार्डमा बसिरहेका थिए । विशेष अस्पतालमा बेड खालि नभएपछि उनीहरुको इमरजेन्सीमै ज्यान गएको थियो । ‘अक्सिजन नभई नहुने संक्रमितलाई घर पठाउन पनि नमिल्ने र बेड दिन पनि नसकिने अवस्था आयो,’ डा. गौतमले भने, ‘संक्रमितको अवस्था र गम्भीर्यता हेरेर प्रतिक्षा सुचिमा राख्‍ने गराका छौं ।’ रुपन्देहीमा मृत्यु हुनेको संख्या २९९ पुगेको छ ।


Author

थप समाचार
x