लुम्बिनी

प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

इकागज |
जेठ ८, २०८० सोमबार ९:५० बजे

सांकेतिक तस्बिर

प्युठान- वनमा लागेको डढेलको बस्तिमा पस्दा ११ घर जलेर नष्ट भएका छन् । 

प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन् ।


जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो ।

सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भइसकेको छैन । यद्धपी स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ । सो आगलागीबाट कति क्षति भयो ? त्यसको मुल्याङकन गर्ने कार्य भईरहेको जनाइएको छ।  


Author

थप समाचार
x