लुम्बिनी

लुम्बिनीका तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

इकागज |
जेठ ८, २०८० सोमबार १८:१२ बजे

काठमाडौँ- लुम्बिनी प्रदेशमा थप तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सोमबार नयाँ मन्त्रीका रूपमा नेपाली कांग्रेसका नेता राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री र जनमत पार्टीका  चन्द्रकेश गुप्ताले सामाजिक मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


त्यस्तै त्यसअघि नियुक्त भएका लोसपाका सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ । यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् ।

सोही कार्यक्रममा लुम्बिनी प्रदेशका  मुख्य न्यायाधिवक्ताका रूपमा वरिष्ठ अधिवक्ता प्रा.डा बुद्धबहादुर थापाले पद तथा गोपनीयताको शपथ लिएको छन् ।


Author

थप समाचार
x