लुम्बिनी

प्रतिबन्धित नेकपाका पाल्पा इन्चार्ज सिंह पक्राऊ

इकागज |
मंसिर ४, २०७७ बिहीबार १६:४० बजे

पक्राउ परेका पूर्णबहादुर सिंह । तस्बिर : विक्रम खड्का/इकागज

बुटवल : सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह पक्राउ परेका छन् । सिंहलाई प्रहरीले बुटवलवाट गिरफ्तार गरेको हो । 

सांगठनिक कामको सिलसिलामा बिहीबार बुटवलमा रहेका सिंह र पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रितमसिह राठौरले जानकारी दिए । पक्राउ परेका  व्यक्तिहरूसँग विफोस्टक पदार्थ र पार्टीको दस्तावेजसमेत रहेको राठौरले जानकारी दिए । 


पक्राउपछि सिंह र आलेलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको र उनीहरुलाई बिस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ । 
 


Author

थप समाचार
x