लुम्बिनी

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

इकागज |
जेठ २६, २०८० शुक्रबार ८:५४ बजे

दाङ- लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । 

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको हो । जसका लागि प्रदेश सभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।  


प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भए पछि सोही अनुसार तयारी गरेको प्रदे संसद्‌ सचिवालयले जानकारी दिएको छ ।

‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाइएको छ । 


Author

थप समाचार
x