लुम्बिनी

यस्तो छ लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेट (पूर्णपाठ)

इकागज |
असार १, २०८० शुक्रबार १८:६ बजे

बुटवल- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट प्रस्तुत गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कूल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ । त्यसमध्ये १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुने छ ।


सरकारले शुक्रबार सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेको छ । बजेटमध्ये पुँजीगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 


Author

थप समाचार
x