लुम्बिनी

लुम्बिनीमा राष्ट्रियसभा चुनावका लागि आज उम्मेद्वारी दर्ता हुँदै

इकागज |
जेठ ४, २०७८ मंगलबार १०:८ बजे

बुटवल : लुम्बिनी प्रदेशको तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनको मंगलबार उम्मेदवारी मनोनयन हुँदैछ । आउँदो जेठ १७ गते हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी मनोनयन आज हुन लागेको हो । उमेदवारको उमेदवारी दर्ता प्रदेश निर्वाचन कार्यालय दाङमा हुने छ ।

प्रदेशको तर्फबाट राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले दल त्यागको निवेदनको आधारमा सो पद रिक्त भएको थियो । आगामी निर्वाचनका लागि एमालेले चन्द्रबहादुर खड्कालाई नै उम्मेदवारको रुपमा अघि सारेको छ भने कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले कपिलवस्तुका दुर्गनारायण पाण्डेयलाई उम्मेदवार बनाएको छ ।


एमालेले उनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमालेका प्रदेश अध्यक्ष लिला गिरीले जानकारी दिए । यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका दुर्गनारायण पाण्डेयलाई उम्मेदवार बनाउने भएको छ । उनी वैशाख १९ गते एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।

लुम्बिनीमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ९६ मतदाता छन् । जसमा प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् । 
 


Author

थप समाचार
x