लुम्बिनी

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, बजेटमाथिको छलफल हुनेमा आशंका कायमै

इकागज |
असार १७, २०८० आइतबार ८:४६ बजे

दाङ। लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेटमाथि छलफल हुने भएको छ । लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेस गरेको बजेट माथि आज छलफल हुन लागेको हो । जसका लागि आइतबार प्रदेशसभा बैठक बस्दैछ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तोष जारी गरेको तथा सत्तापक्षीय सांसद स्वयं समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्नेमा भने अझै आशंका कायमै छ ।


नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेस भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन । जसकारण बजेटमाथि सांसदहरुको औपचारिक धारणा बाहिर आउन सकेको छैन ।

पूर्वनिर्धारित कार्यसूची अनुसार गत असार १० गतेबाट बजेटमाथि छलफल सुरु गर्ने भन्दै बैठक आव्हान गरिएको भए पनि विवाद नसल्टेपछि सूचना टाँसेर स्थगित गरिएको थियो ।

गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए । 


Author

थप समाचार
x