लुम्बिनी : १४ घण्टामा कोभिडले १७ जनाको मृत्यु
फाइल तस्बिर
बुटवल : बाँकेमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या निकै बढेको छ । मंगलबार साँझ ५ बजेदेखि बिहान बिहान साढे ६ बजेसम्म १४ घण्टाको अवधिभित्र १७ जना कोभिड संक्रमितको मृत्यु भएको छ । जसमध्ये, ८ जना बाँकेका हुन भने ९ जना अन्य जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार नेपालगञ्ज १८ की ७३ वर्षीया महिलाको भेरी अस्पतालमा हिजो बेलुका ५:१५ बजे मृत्यु भएको छ । गढवा ७ दाङकी ३० वर्षीया महिकाको पनि हिजो बेलुका ५ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।
त्यसैगरी, सानोभेरी ११ रुकुमका ३६ वर्षका पुरुषको राति साढे ८ बजे मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । सोही अस्पतालमा कोहलपुर १२ का ४१ वर्षीय पुरुषको हिजो राति ८:३५ बजे मृत्यु भएको छ । बढैयाताल २ बर्दियाका ८४ वर्षीय पुरुषको मंगलबार राति ८:४५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । हिजै राति ९ बजे नेपालगञ्ज ६ का ४५ वर्षीय पुरुषको भेरी अस्पतालमै मृत्यु भएको छ ।
मेडिकल कलेज कोहलपुरमा राप्तीसोनारी २ बाँकेका ५९ वर्षीया महिलाको गएराति ११:३० बजे मृत्यु भएको छ । टिकापुर १६ कैलालीका २८ वर्षीय पुरुषको भेरी अस्पतालमा आज बिहान २ बजे मृत्यु भएको छ । कोहलपुर ११ बाँकेकी ५८ वर्षीया महिलाको बिहान ३ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
त्यसैगरी, नेपालगञ्ज ३, बाँकेका ६१ वर्षका पुरुषको मेडिकल कलेज कोहलपुरमा बिहान ४ बजे मृत्यु भएको छ । सोही अस्पतालमा त्रिवेणी १ रुकुमकी २७ वर्षीया महिलाको बिहान ४ बजे मृत्यु भएको छ । नेपालगञ्ज ४ का ६७ वर्षीय पुरुषको बिहान ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर ४ बाँकेका ४२ वर्षीय पुरुषको आज बिहान ४:१५ बजे मृत्यु भएको छ ।
ठाकुरबाबा ९ बर्दियाका ६३ वर्षीय पुरुषको बिहान ५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । सोही अस्पतालमा ठाकुरबाबा १ बर्दियाकै ३८ वर्षीया महिलाको बिहान ५:१५ बजे मृत्यु भएको छ । भेरी अस्पतालमै तुलसीपुर २ दाङका ६५ वर्षीय पुरुषको बिहान ५:३० बजे र लम्की चुहा ५ कैलालीकी ६८ वर्षीया महिलाको बिहान ६:३० बजे मृत्यु भएको कोभिड फोकलपर्सन तेज वलीले बताए ।
योसँगै बाँकेमा कोभिडबाट ज्यान गुमाउनेको संख्या २५३ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया