आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित
फाइल फोटो
बुटवल - प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भए लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
आगलागी भएपछि बुधबार नै बस्नेगरी १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो । जेनरेटरमा आगलागी भएको जानकारी दिँदै सभामुख तुलाराम घर्ती मगरले १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे ।
बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा बैठक स्थगित गर्नुपरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया