कपिलवस्तुका माओवादी नेता पाण्डेमाथि गोली प्रहार
बुटवल : नेकपा माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो । तौलिहवा-जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने ठाउँमा पाण्डे र अर्का एक भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार गरेको कपिलवस्तुका प्रहरी प्रमुख नवराज अधिकारीले बताए ।
पाण्डे तौलिहवाका बासिन्दा हुन् । उनको शरीरमा दुई वटा गोली लागेको जनाइएको छ । त्यस्तै मोटरसाईकलमा सवार भारतीय नागरिक ईयर अक्तरलाई एक गोली लागेको छ ।
गोली लागेर गम्भीर घाइते भएका उनीहरुको भैरहवामा उपचार भैरहेको छ । उनीहरुलाई गोली किन हानियो ? भन्ने विषयमा खुलेको छैन । यता माओवादी केन्द्रका जिल्ला सचिव रामचन्द्र शाहले घटनाबारे बुझ्ने काम भइरहेको बताए । पाण्डे पार्टीको जिल्ला सदस्य रहेको सचिव शाहले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया