ढुंगाले च्यापेर एकै घरका तीन सदस्यको मृत्यु
बुटवल : प्यूठानमा घर बनाउन राखेको ढुंगा खसेर च्याप्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । ९ बहिनी गाउँपालिका १ स्यालीवाङका बोमबहादुर मल्लको परिवारका तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३८ बर्षीय मल्ल, उनका श्रीमती गमी मल्ल र साढे दुई वर्षका छोरा मेघराज मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए । सुतिरहेको बेला राति ढुंगा खसेर गएराती तीनै जनाको घटनास्थलमै ज्यान गएको हो ।
चार जना छोरीहरूमध्ये जेठी छोरी मामाघर गएको र तीन छोरी अर्को कोठामा सुतेकाले दुर्घटनाबाट जोगिएका छन् । गाउँपालिकाले खरको छाना विस्थापित कार्यक्रम अन्तर्गत गरिब परिवारलाई दिएको जस्तापाताले छाउन गारो लगाउन ढुंगा राखिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया