बाँकेमा बस दुर्घटना, सात जनाको मृत्यु

बुटवल - बाँकेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । कोहलपुरको शमशेरगञ्जमा राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।
बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया