‘फ्रन्टलाइनर’लाई रेडक्रसको प्रशिक्षण
बुटवल : विपदको समयमा अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मीहरुलाई नेपाल रेडक्रस सोसाइटीले विशेष खालको प्रशिक्षण दिन थालेको छ । सबै प्रदेशमा गर्ने यो तालिमले उनीहरुलाई संकटका बेला हुने मनोविज्ञानलाई कसरी सही कार्य सम्पदानमा लाग्ने भन्ने जानकारी प्रदान गर्ने छ ।
लुम्बिनी प्रदेश अन्तरगतका १२ जिल्लाका स्वास्थ्य कार्यालयका फोकल प्रसनहरुलाई प्रशिक्षणमा सहभागी गराइएको हो । विपदका बेला यौन तथा प्रजननसंग सम्बन्धित विषयहरु कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर प्रशिक्षण चलाइएको छ । विपदका बेला बनाइने योजना तर्जुमाका लागि यस्ता विषयहरुको संवेदनशिलातालाई तालिमका कारण थप महत्वपूर्ण बनाउने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र काठमाडौंका प्रशिक्षकहरुबाट संचालन भएको ४ दिन तालिमको आइतबार बुटवलमा शुभारम्भ गर्दै नेपाल रेडक्रसका केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले संकटमा खटिने व्यक्तिहरुलाई अतिरिक्त प्रशिक्षणका लागि तालिम उपयोगी हुने बताए । उनले रेडक्रसले विपदका बेलामा पनि धेरै कुराहरुको नजरअन्दाज गरिने भएकोले प्रशिक्षणका माध्यमवाट त्यस्ता विषयको महत्व बुझाउने प्रयास गरेको बताए ।
कोरोना महामारीका बेला पनि रेडक्रसले फन्टलाइनरकै रुपमा रहेर कार्य गरिएको बताउदै महामन्त्री अर्यालले रगत व्यवस्थापन, प्लाज्मा व्यवस्थापन देखि स्वास्थ्य समाग्रि व्यवस्थापनमा खटिरहेको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य बाबुुराम भट्टराई, लुम्बिनी प्रदेस संयोजक शंम्भु पोख्रेल, प्रदेसका महासचिव कृष्ण पंगेनी, प्रशिक्षक डा. ईश्वर उपाध्याप, सदिन अधिकारी, नागेन्द्र अर्याल लगायतले तालिमको महत्वका विषयमा चर्चा गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया