लुम्बिनी

कांग्रेस महाधिवेशन भदौसम्म सर्न सक्छ : सहमहामन्त्री महत

इकागज |
मंसिर ७, २०७७ आइतबार २०:५० बजे

दाङ : नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीको  फागुनमा गर्ने भनिएको १४ औं महाधिवेशन केही समय सर्न सक्ने बताएका छन् । काँग्रेस दाङले आइतबार  घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महतले कोभिड-१९ भाइरसको जोखिमका कारण बन्दाबन्दी हुँदा चारपाँच महिना पार्टीले तयारी गर्न नसकेकाले फागुनमै महाधिवेशन गर्न समस्या देखिएको बताए । 

‘‘अहिलेसम्म क्रियाशील सदस्यता टुङ्गिएको छैन, यो टुङ्ग्याउन माघ महिनासम्म लाग्‍न सक्छ’’, महतले भने । माघसम्म जिल्लाबाट क्रियाशील सदस्यता टुङ्ग्याएर पठाइएपछि केन्द्रले चैतसम्म छानबिन गरेर टुङ्गो लगाएपछि आगामी भदौ महिनासम्म महाधिवेशन गर्न सकिने उनको भनाइ छ । 
  
फागुनमै महाधिवेशन गर्न असंभव रहेको सबै नेताहरूले महसुस गरेको जनाउँदै महतले छिट्टै केन्द्रीय समितिको बैठकले महाधिवेशनका लागि नयाँ मिति तय गर्ने समेत जानकारी दिए । (रासस)
 



Author

थप समाचार
x