लुम्बिनी

लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन जेठ १९ गते बोलाइयो

इकागज |
जेठ १७, २०७८ सोमबार १२:२२ बजे

बुटबल : लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन जेठ १९ गते बोलाइएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले जेठ १९ गते १ बजे प्रदेश सभा आह्‍वान लागि प्रदेश प्रमुख धर्मानाथ यादवलाई अनुरोध गर्ने गरेको थियो ।

सरकारको अनुरोधमा प्रदेश प्रमुख धर्मानाथ यादवले बैठक आह्‍वान गरेका हुन् । यसअघि विपक्षी गठबन्धनद्धारा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैशाख ६ गतेका लागि बिशेष अधिवेशन बोलाइए पनि बैठक नै नबसी अन्त्य भएको थियो ।


तर सोही दिन बिहान मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएपछि अधिवेशनको औचित्व नभएको ठहरसहित बैठकै नबसी अधिवेशन अन्त्य भएको हो ।


Author

थप समाचार
x