लुम्बिनी

लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचन

बाँके र गुल्मीका ३ जना मतदाता अनुपस्थित

इकागज |
जेठ १७, २०७८ सोमवार १५:२८ बजे

फाइल तस्‍बिर

बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका मतदानका लागि तोकिएको समयभन्दा एक घण्टाअघि नै मतदान सकिएको छ । कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत खसालीसकेको प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी गेहेन्द्र कुवँरले बताए । 

उनकाअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपँंलिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउपालिकाका अध्यक्ष अशोक थापा मतदानका लागि आउन बाँंकी रहेको छ । 


उता बाँकेका मेयर राणाले मतदान बहिस्कार गरेको यसअघि नै जनाइसकेका छन् । उनले समाजिक संजालमार्फत अहिलेको परिस्थितिमा निर्वाचनमा सहभागी हुने अवस्था नरहेको भन्दै मतदान बहिस्कार गरेको बताएका छन् । उनले राप्रपाबाट निर्वाचन जितेका थिए । यो निर्वाचनमा रााप्रपाले एमालेका उमेदवारलाई सहयोग गर्ने बताइएको थियो ।

नरैनापुरका शाह र गुल्मीका थापा भने बिरामी भएका कारण अनुपस्थित हुने सम्बन्धित पालिकाहरूले बताएका छन् । नरैनापुर गाउपालिकाका कर्मचारी महवुल मुकेरीले आफ्नो पालिकाका प्रमुख शाह दुई महिनादेखि उपचारका लागि भारतको लखनउमा रहेको बताए । उनको परिवारका सदस्यहरू पनि बिरामी रहेको बताइएको छ । उनि  जनता समाजवादीको उपेन्द्र यादव समुहवाट निर्वाचन जितेका हुन् । 

त्यस्तै गुल्मीका थापा पनि कोभिडका कारण काठमाडौंमा उपचार रहेका छन् । उनको स्वास्थ्यमा सुधार भएपनि मतदानमा सहभागी हुन नसकेको बताइएको छ । उनि नेपाली कांग्रेसबाट निर्वाचित हुन्। दाङ घोराहिस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेबाट मतदान सुरू भएको थियोे । मतदानका लागि दिउँसो ३ बजेसम्म समय तोकिएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुशार स्थानीय तहतर्फ २१४ मत खसेको छ । प्रदेशसभातर्फ शत प्रतिशत अर्थात ८३ मत खसेको छ । जसमा  कोभिड संत्रलमित २४ ले पनि मत खसेका छन् । लुम्बिनीमा कुल तीन सय मतदाता छन् । 

उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेससहितको गठबन्धनका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।


Author

थप समाचार
x