लुम्बिनी

कोभिडले दुईको मृत्यु

इकागज |
जेठ २२, २०७८ शनिबार ११:५७ बजे

फाइल तस्बिर

बाँके : बाँकेका अस्पतालमा भर्ना भएका थप दुई कोभिड -१९ सङ्क्रमितको उपचारका क्रममा गएराति मृत्यु भएको छ । सङ्क्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले जानकारी दिए ।

उनका अनुसार कोहलपुर नगरपालिका-१४ निवासी ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका-१८ दाङ निवासी ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ । रासस



Author

थप समाचार
x