नेपालगञ्जमा मेसिन विष्फोट हुँदा एक जनाको मृत्यु, दुई जना घाइते
फाइल फोटो
बुटवल : नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन । शनिबार नेपालगञ्ज–२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्ने क्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा सो मिलमा कार्यरत बाराको कलैया उपमहानगर–१९ का २५ वर्षीय साविराज मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिए ।
विस्फोटमा परेर सोही मिलमा कार्यरत मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएको र उनीहरुको नेपालगञ्ज नर्सिङ्ग होममा उपचार भई रहेको खड्काले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया