निषेधाज्ञाको विरोधमा रुपन्देहीमा प्रर्दशन गर्ने दुई युवा पक्राउ
बुटवल : लामो समय देखिको निषेधाज्ञाका कारण दैनिक जीवन यापनमा समस्या भएको भन्दै त्यसको विरोध शुरु भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुनगाई बजारमा स्थानिय यूवाहरुले निषेधाज्ञा निरन्तर जारी गरेको भन्दै शनिबार विरोध प्रर्दशन गरे ।
उनीहरुको विरोधसँगै अन्यत्र पनि त्यस प्रकारको प्रर्दशन हुने भएपछि सुरक्षा सर्तकता बढाइएको छ । लुम्बिनीको खुनगाईमा युवाहरुले ‘कोभिड १९ महामारी केही होइन, प्रहरी प्रशासन मुर्दावाद, निषेधाज्ञा मान्दैनौ’ भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
उक्त समुहले आज आइतबार सबै बजार खुलाउने भन्दै स्थानीयलाई बजार खोल्न सार्वजनिक रुपमा आग्रह समेत गरेका थिए । सडकमा नाराबाजी तथा टायर बालेर बिरोध गर्ने दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
निषेधाज्ञाको उलंघन गर्न सार्वजनिक रुपमा अपिल गर्ने उक्त समुहका अगुवा अर्जुन कुर्मिसहित दुई जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । पक्राउ परेका दुई जनालाई संक्रामक रोग ऐन २०२० अनुसार एक महिना जेल हुने बताईएको छ । रुपन्देहीमा आगामी जेठ ३१ गते सम्म निषेधाज्ञा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया