लुम्बिनी

घाइतेको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

इकागज |
पुस २८, २०८० शनिबार २०:२३ बजे

खजुरा (बाँके)- लुम्बिनी प्रदेश सरकारका सहरी विकास मन्त्री कृष्णा केसीले गए राति भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छिन् । 

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिइन् । 


आर्थिक अभावकै कारण घाइतेको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसी अस्पताल प्रशासनलाई निर्देशन दिइन् । मन्त्री केसीले बस दुर्घटनाबाट आफू मर्माहत भएको भन्दै दुर्घटनामा ज्यान गुमाएकाका परिवारमा शोक व्यक्त गरिन् । 

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १३ जना घाइतेमध्ये एक जना डिस्चार्ज भएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचाररत १२ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 


Author

थप समाचार
x