लुम्बिनी

संक्रमण घटेसँगै बाँकेममा सुरु भयो ओपीडी सेवा

इकागज |
जेठ २४, २०७८ सोमबार १३:८ बजे

काठमाडौँ : कोभिड-१९ संक्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन ल्याएको छ । कोभिड सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो ।

कोभिड-१९ सङ्क्रमण घटेसँगै  आइतबारदेखि अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनौडियाले जानकारी दिए । उनका अनुसार सङ्क्रमणका बिरामी आउन कम भएपछि पहिले झै नियमित रुपमा ओपीडीलगायत सेवा सुरु भएको हो । अब अस्पतालले कोरोना भाइरस सङ्क्रमित र सङ्क्रमित नभएका दुबैको उपचार सेवा नियमित गर्नेछ । यसअघि नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमित नभएका र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित भएका बिरामीको उपचार हुँदै आएको थियो । 



Author

थप समाचार
x